प्रचण्डप्रति प्रधानमन्त्री ओलीको कटाक्ष : ‘ऐनामा हेरेर अरूलाई गाली नगर्नुस्’

प्रचण्डप्रति प्रधानमन्त्री ओलीको कटाक्ष : ‘ऐनामा हेरेर अरूलाई गाली नगर्नुस्’

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रती परोक्ष संकेत गर्दै, ऐनामा आफ्नो अनुहार हेरेर अरूलाई गाली गर्ने प्रवृति नदोहोर्याउन सुझाव दिएका छन्।

राष्ट्रपति समक्ष प्रस्तुत सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलमा विपक्षी नेताहरूको भाषाशैलीप्रति असन्तुष्टि जनाउँदै उनले भने, “विपक्षी दलका माननीयज्यूहरूले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोल्नु भएको थियो। म त्यता जान चाहन्न। ऐना हेरेर अरूलाई गाली गर्ने शैली ठीक होइन।”

ओलीले संसद्को मर्यादा कायम राख्न आग्रह गर्दै सामाजिक सञ्जालमा झैं कुण्ठा र आक्रोश पोख्ने थलोको रूपमा संसद्लाई प्रयोग नगर्न आग्रह गरे। “गरिमामय संसद्मा जनताको आशा-भरोसा रहन्छ। तदनुसार हाम्रो प्रस्तुतिमा पनि जिम्मेवारी झल्कनुपर्छ,” उनले स्पष्ट पारे।

पूर्ववत अधिनायकवादी प्रणालीमा माइक फुट्ने गरी चिच्याउनेहरूले अहिले लोकतान्त्रिक व्यवस्थामै लोकतन्त्र उल्ट्याउने घोषणा गर्न थालेको भन्दै प्रधानमन्त्री ओलीले अचम्म व्यक्त गरे।

उनले भने, “जेठ १५ गतेको सपना-चाहे यो वर्षको होस् वा आगामी वर्षको पूरा हुँदैन। कृपया त्यहाँ जोड नगर्नुहोस्।”

बंगलादेश र श्रीलंकाको सन्दर्भ दिँदै प्रधानमन्त्री ओलीले पूर्वराजतन्त्र फर्काउने कुरा समय सन्दर्भअनुसार हास्यास्पद हुने बताए। “बंगलादेशमा पनि राजा फर्केन, श्रीलंकामा पनि होइन,” उनले भने।

अन्त्यमा, प्रधानमन्त्री ओलीले देश संविधान र कानुन अनुसार चल्ने उल्लेख गर्दै सबैलाई सोही मार्गमा चल्न आग्रह गरे।

Share This Article

प्रतिक्रिया दिनुहोस