काठमाडौं : ‘ऊनको स्वीटर’ले पहिलो सप्ताहन्त घरेलु बक्सअफिसमा उत्साहजनक डेब्यु गरेको छु।
‘अञ्जिला’पछि बक्स अफिसमा देखिएको खडेरीलाई विपिन कार्की, मिरुना मगर स्टारर फिल्मले शीतलता प्रदान गरेको छ।
‘ऊनको स्वीटर’ले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) सरकारको आधिकारिक बक्सअफिसमा १ करोड ३७ लाख ६९ हजार ग्रस कमाइ गरेको छ। कमाइको यो अंक उत्साहजनक हो।
प्रदर्शनका सुरुवाती २ दिनमा फिल्मको अकुपेन्सी राम्रो देखियो। विशेषगरि काठमाडौं उपत्यका र पूर्वेली सहरमा शुक्रबार र शनिबार अकुपेन्सी उच्च देखियो। पश्चिमका सहरमा भने अकुपेन्सी पूर्वको तुलनामा कम छ।
नवीन चौहान निर्देशित फिल्मलाई पूर्वी नेपालको लेकाली भूगोल र लिम्बु समुदायको आञ्चलिकतामा सेट गरिएको छ। यो फिल्म एक सीमापार प्रेमको अन्तर्जातिय प्रेमको कथा हो।
शुक्रबारदेखि नै प्रदर्शनमा आएको ‘जार’ले भने घरेलु बक्सअफिसमा कमजोर कमाइ गरेको छ। सोमबार बुद्ध जयन्तीको बिदा भएकाले ‘ऊनको स्वीटर’लाई लाभदायक हुनसक्ने अनुमान छ।
दुई करोडको दौडमा रहेको यो फिल्मलाई सोमबारको बिदाले मद्दत गर्नसक्ने अनुमान छ।










