प्रधानमन्त्री ओलीको दाबी- बुद्धका शान्ति सन्देशका कारण भारत-पाकिस्तानबीचको ‘हात हालाहाल’ गम्भीर द्वन्द्वमा पुग्न पाएन

प्रधानमन्त्री ओलीको दाबी- बुद्धका शान्ति सन्देशका कारण भारत-पाकिस्तानबीचको ‘हात हालाहाल’ गम्भीर द्वन्द्वमा पुग्न पाएन

बिनिता कुवर क्षेत्रि
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीचको तनाव लडाइँमा परिणत हुन नसकेको बताएका छन्।

लुम्बिनीमा आयोजित २५६९औं बुद्ध सम्वत, २६४९औं बुद्धजयन्ती र लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हालै भारत-पाकिस्तानबीच भएको ‘हात हालाहाल’को अवस्था गम्भीर द्वन्द्वमा नपुगेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भने, ‘जुन शिक्षा बुद्धले दिनुभएको छ। ती विश्वका लागि महत्वपूर्ण छन्। झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन। संयमका लागि धन्यवाद छ। हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस्। यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौं, उहाँहरुसँग पनि कुरा गर्यौं। नभन्दै उहाँहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही-केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात् बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ।’

प्रधानमन्त्री ओलीले हाल विश्वमा भइरहेको सामूहिक विनाश गर्ने हतियारको निर्माण मानव अस्तित्व र पृथ्वीका लागि खतरनाक भएको भन्दै यसको अन्त्यका लागि शान्तिको मार्ग अँगाल्नुपर्ने बताए।

उनले भने, ‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ। यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो। यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनपर्दछ र काम गर्नु पर्दछ।’

बुद्धका उपदेश र आदर्शहरूलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले लुम्बिनी क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए। साथै, लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना बुद्ध दर्शनको अध्ययन-अनुसन्धानमा महत्त्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरे।

Share This Article

प्रतिक्रिया दिनुहोस