माग्ने बुढाले ६१ लाख पारिश्रमिक लिएको फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक (भिडियो हेर्नुस)

माग्ने बुढाले ६१ लाख पारिश्रमिक लिएको फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक (भिडियो हेर्नुस)

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं :  फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएको छ।केदार घिमिरे (माग्ने बुढा)को मुख्य भूमिका रहेको फिल्मको टिजर सोमबार रिलिज गरिएको हो। झन्डै २ मिनेटको टिजरभर केदार हाबी छन्। यसमा उनी ‘माग्ने राजा’ को भूमिकामा छन्।

कुनै फाँटमा घोडामा चढेर आइरहेका उनले गाउँलेलाई पैसा बाँडेको दृश्यबाट टिजर सुरू हुन्छ। रमाइलो खालको यो टिजरमार्फत फिल्मको कथावस्तु र पात्रबारे जानकारी दिन खोजिएको छ। टिजरमा केदारसहित विल्सन विक्रम राई, वर्षा शिवाकोटी, शिशिर वाङ्देललगायत कलाकारहरू देखिएका छन्।

ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मको प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्। सामिप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मको निर्मातामा मधुसुदन शर्मा छन्। ‘माग्ने राजा’ हरितालिका तीजको अवसर पारेर भदौं ६ गतेदेखि प्रदर्शनमा आउनेछ।

Share This Article

प्रतिक्रिया दिनुहोस