आजदेखि पेट्रोल र डिजेलमा नयाँ मूल्य

आजदेखि पेट्रोल र डिजेलमा नयाँ मूल्य

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा ५ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँ मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ । यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस