ट्रान्सवुमन बनेर ‘गुन्यो चोलो’ को गितमा छमछमी नाचे नाजिर हुसेन (हेर्नुस भिडियो)

ट्रान्सवुमन बनेर ‘गुन्यो चोलो’ को गितमा छमछमी नाचे नाजिर हुसेन (हेर्नुस भिडियो)

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : अभिनेता नाजिर हुसेन अभिनीत फिल्म ‘गुन्यो चोलो- द ड्रेस’ मा समावेश गीत सार्वजनिक भएको छ। मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘म फूल हुँ कि काँडा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अभिनेता नाजिर हुसेनको नृत्य देख्न सकिन्छ।

मनिषा पोखरेलको स्वर रहेको गीतमा शब्द तथा संगीत लेखु सहयात्रीको छ। फिल्ममा नाजिर हुसेन पारलैंगिक महिला (ट्रान्सवुमन) को अवतारमा देखिएका छन्। नाजिरले यस फिल्मको लागि आफ्नो १६ केजी तौल घटाएका थिए।

समुन्द्र भट्ट निर्देशित फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारहरूको अभिनय छ। फिल्मको पटकथा तथा संवाद समुन्द्र भट्ट र नाजिर हुसेनले तयार पारेका हुन्।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण भएको फिल्ममा अमेरिकी कम्पनी भिजन इन्टरटेनमेन्टको सहकार्य छ। भद्र भुजेल एसोसिएट निर्देशक रहेको फिल्ममा पुष्कर लामाको निर्माण नियन्त्रक, यम ओली निर्माण व्यवस्थापक छन्। आलोक शुक्लाले छायांकन गरेको फिल्मलाई माइकल हेरिङले सम्पादन गरेका हुन्।

यो फिल्मको फर्स्टलुक सार्वजनिकसँगै नाजिरले निर्वाह गरेको भूमिकालाई लिएर चर्चा भएको थियो। ‘गुन्यो चोलो- द ड्रेस’ भदौ १३ गतेदेखि प्रदर्शन हुनेछ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय