पवित्रा आचार्यः अभिनेत्री, कोरियोग्राफरहुँदै अब कास्टिङ डाइरेक्टर

पवित्रा आचार्यः अभिनेत्री, कोरियोग्राफरहुँदै अब कास्टिङ डाइरेक्टर

खबर जुम
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं– अभिनेत्रीको रुपमा मनोरञ्जन क्षेत्रमा पाइला राखेकी पवित्रा आचार्य आजको मितिसम्म आइपुग्दा प्रि–प्रोडक्सनको चरणमा रहेको एउटा फिल्मको ‘काष्टिङ डाइरेक्टर’ को रुपमा अनुवन्धित भएको खबर केही समयदेखि चर्चामा छ ।

वर्षौँअघि नेपाली फिल्म ‘विजयपथ’ बाट रजतपटमा डेब्यू गरेकी यी अभिनेत्रीले उक्त फिल्मका लागि निखिल उप्रेती, सुशील क्षेत्री, सञ्चिता लुइँटेलजस्ता कलाकारसंग स्क्रिन शेयर गरेकी थिइन् ।

त्यसपछि अभिनेत्री आचार्यले अभिनेता राजेश हमालसँग फिल्म ‘राजनीति’ मा अभिनय गरिन् । यो फिल्ममा गायिका कोमल वलीले पनि अभिनय गरेकी थिइन् । अभिनेत्री आचार्यको तेस्रो फिल्म ‘आवेग’ थियो, जसमा अभिनेता आर्यन सिग्देल मुख्य भूमिकामा थिए ।

प्रायः सबै फिल्ममा अनुभवी कलाकार तथा टीमसंग सहकार्य गरेकी अनिभेत्री आचार्य सानै उमेरदेखि नृत्यमा पारंगत थिइन् । अभिनयका साथै नृत्य विधालाई पनि उनले करियर बनाउने उदेश्यले एक दशक अघिदेखि नै उनी नृत्य निर्देशक अर्थात कोरियोग्राफरको रुपमा समेत काम गर्न थालिन् ।

गायिका कोमल वलीको तीज गीतबाट नृत्य निर्देशक बनेकी आचार्यले त्यसयता दर्जनौं गीतका म्युजिक भिडियोमा कोरियोग्राफी गरेकी छिन् । आचार्यको कोरियोग्राफीमा करिश्मा मानन्धर, अनुप विक्रम शाही, आँचल शर्मा, सलोन बस्नेत, अनु शाह, नीता ढुङ्गाना आदि कलाकारले कम्मर मर्काइसकेका छन् । त्यसो त यी अभिनेत्रीले कमाण्डर तथा मेला फिल्मका गीतमासमेत कोरियोग्राफी गरेकी छिन् ।

मोडलिङमा समेत उत्तिकै सक्रिय आचार्यलाई अहिले ‘पावला’ नामबाट पनि चिनिन्छ । एउटा विदेशी गीतको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफीपछि उनले आफूलाई ‘पावला’ नाममार्फत चिनाएकी हुन् ।

यीनै अभिनेत्री तथा कोरियोग्राफर आचार्यले अब भने काष्टिङ डाइरेक्टरको रुपमा आफ्नो परिचयलाई थप उचाइ प्रदान गर्ने भएकी छिन् ।

नेपाल चलचित्र कलाकार संघका महासचिवसमेत रहेका सविन श्रेष्ठको निर्माणाधिन फिलम ‘कश्यप’ मा उनी कास्टिङ डाइरेक्टरको रुपमा अनुवन्धित भएकी हुन् ।

नेपाल चलचित्र कलाकार संघको केन्द्रिय सह‍–कोषाध्यक्षको रुपमा सक्रिय अभिनेत्री, कोरियोग्राफर तथा काष्टिङ डाइरेक्टर आचार्य सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहँदै आएकी छिन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस