प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा दिनभर प्रदर्शन

खबर जुम
3 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राजविराज सप्तरीमा। गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा दिनभर प्रदर्शन
राजविराजमा गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज राजविराजमा दिनभर प्रदर्शन भएको छ ।
मृतकका आफन्त एवं गाउँले मिलेर जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर बिहान करिब १० बजेदेखि निरन्तर प्रदर्शन गरेका हुन् । राजविराजको मुख्यचोक ९दशन चोक० मा समेत टायर बालेर दिनभरी प्रदर्शन गरिएका कारण मुख्य बजार बन्द भएको थियो ।
मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीयले एक्कासी ढुङ्गामुडा गर्न थालेपछि प्रहरीले गोली चलाउँदा स्थानीय यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीको गोली लागेर घाइते भएका ३६ वर्षीय यादवको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो । मृतक यादव सोही गाउँस्थित आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । उहाँका आफन्त र स्थानीयवासीले यादवलाई प्रहरीले सुनियोजित तवरले गोली प्रहार गरेको आरोप लगाएका छन् ।
प्रहरीले यसअघि सीमावर्ती उक्त गाउँमा मदिरा तस्करी नियन्त्रणका लागि ‘सर्च अपरेसन’ सञ्चालन गर्दै आएको थियो । प्रहरीको अपरेसनबाट रु १६ लाखभन्दा बढी मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद भएको छ ।
हरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज राजविराजमा दिनभर प्रदर्शन भएको छ ।
मृतकका आफन्त एवं गाउँले मिलेर जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर बिहान करिब १० बजेदेखि निरन्तर प्रदर्शन गरेका हुन् । राजविराजको मुख्यचोक ९दशन चोक० मा समेत टायर बालेर दिनभरी प्रदर्शन गरिएका कारण मुख्य बजार बन्द भएको थियो ।
मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीयले एक्कासी ढुङ्गामुडा गर्न थालेपछि प्रहरीले गोली चलाउँदा स्थानीय यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीको गोली लागेर घाइते भएका ३६ वर्षीय यादवको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो । मृतक यादव सोही गाउँस्थित आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । उहाँका आफन्त र स्थानीयवासीले यादवलाई प्रहरीले सुनियोजित तवरले गोली प्रहार गरेको आरोप लगाएका छन् ।
प्रहरीले यसअघि सीमावर्ती उक्त गाउँमा मदिरा तस्करी नियन्त्रणका लागि ‘सर्च अपरेसन’ सञ्चालन गर्दै आएको थियो । प्रहरीको अपरेसनबाट रु १६ लाखभन्दा बढी मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद भएको छ ।
Share This Article

प्रतिक्रिया दिनुहोस