कार्यसम्पादन नै नेतृत्वको पहिलो आधार होस् मुख्यमन्त्री कँडेल

कार्यसम्पादन नै नेतृत्वको पहिलो आधार होस् मुख्यमन्त्री कँडेल

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काँक्रेविहार (सुर्खेत),कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कुनै पनि ठाउँ वा पदको नेतृत्व गर्नका लागि कार्यसम्पादन नै पहिलो आधार हुने बताउनुभयो ।

पेसागत महासङ्घ नेपाल कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला समितिले आज यहाँ आयोजना गरेको सङ्गठन सुदृढीकरण तथा सुशासनसम्बन्धी अन्तरक्रियामा उहाँले जनताले पनि पद होइन, कामलाई विश्वास गर्ने भएकाले नेतृत्वले ख्याल गर्नुपर्ने बताउनुभयो ।

“आजको युगमा जनताले पदको आधारमा होइन, सेवाभाव, नैतिकता र कार्यसम्पादनको आधारमा नेतृत्वको मूल्याङ्कन गर्छन्”, मुख्यमन्त्री कँडेलले भन्नुभयो,“हरेक क्षेत्रमा सेवाभाव हराउँदै गएको अवस्थामा जनतामा सकारात्मक सन्देश दिनु अहिलेको आवश्यकता हो । त्यसअनुसार सबैले काम गर्नुपर्छ ।”

कार्यक्रममा सहभागीहरूले निर्वाचित जनप्रतिनिधि र पेसागत महासङ्घबीच सुमधुर सम्बन्ध कायम गर्न आवश्यक भएको धारणा राखेका थियो ।

कार्यक्रममा पेसागत महासङ्घ नेपाल अध्यक्ष पुण्यप्रसाद ढकाल, नेकपा ९एमाले० कर्णाली प्रदेश अध्यक्ष गुलाबजङ्ग शाह, वीरेन्द्रनगर नगरप्रमुख एवं एमाले केन्द्रीय सदस्य मालेहनमाया ढकाल, पेसागत महासङ्घ नेपाल उपाध्यक्ष भोलानाथ पोखरेल, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका सङ्गठनका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस