बिहानी कप फुटबलः युनाइटेडलाई हराउँदै सिद्धेश्वर विजयी

बिहानी कप फुटबलः युनाइटेडलाई हराउँदै सिद्धेश्वर विजयी

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

टक्सार (भोजपुर),भोजपुरको स्थानीय टुँडिखेलमा आज  सम्पन्न तेस्रो बिहानी कप अण्डर–१६ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि सिद्धेश्ववर मावि दाँवाले जितेको छ । आज भएको तेस्रो बिहानी कप फुटबल प्रतियोगिता युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीलाई सुटआउटमा हराउँदै सिद्धेश्वर विजयी भएको हो ।
सिद्धेश्वर मावि र युनाइटेड एकाडेमीबीच भएको फाइनल खेलमा निर्धारित ८० मिनेटमा दुवै टोलीका तर्फबाट एक÷एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पाँच–चार गोलअन्तरले युनाइटेडलाई पछि पार्दे सिद्धेश्वरले उपाधिसहित रु ४४ हजार ४४५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो ।
उपविजेता बनेको एकाडेमीले रु २२ हजार २२३ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । करिब रु चार लाखको लागतमा सञ्चालित प्रतियोगितामा उत्कृष्ट खेलाडीका लागि पुरस्कारको व्यवस्था गरिएको थियो ।
प्रतियोगितामा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्कैमैयुङ गाउँपालिका र पौवादुङमा गाउँपालिकाभित्रका १५ विद्यालयले सहभागिता जनाएका आयोजकले जनाएको छ । बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल सङ्घको संयोजनमा यही भदौ १७ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।
Share This Article

प्रतिक्रिया दिनुहोस