काठमाडौं ,भएको भ्रष्टाचारविरोधी जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानका सिनेमाघरमा भएको तोडफोड र आगजनी घटनाप्रति नेपाल चलचित्र निर्माता संघले गम्भीर आपत्ति जनाएको छ।
संघले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा आन्दोलनमा अराजक तत्वहरूको घुसपैठका कारण फिल्म क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै यस्ता घटना सम्पूर्ण चलचित्र समुदायका लागि गम्भीर चिन्ताको विषय भएको जनाएको छ।










