काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी फ्लेवरको ट्रेलरले सिनेमा लाइट कमेडी जानरामा रहेको देखाएको छ ।
हरिवंशलाई केन्द्रमा राखेको ट्रेलरले उनको छट्टुपन र कमेडीलाई देखाएको छ । चोरीको आरोपले दिएको दुःख, तीन श्रीमती हुँदाको पीडा, प्रहरी कस्टडीको यात्रा र भोगाइ तथा यसकै सेरोफेरोमा रहेको कमेडीलाई निर्देशकले प्राथमिकतामा राखेका छन् ।
लाइट कमेडी मन पराउने दर्शकलक्षित गरेर सिनेमा बनाइएको ट्रेलरले संकेत गरेको छ ।










