चाडपर्वमा नागरिकको सुरक्षाका लागि चार हजारभन्दा बढी प्रहरी परिचालित

चाडपर्वमा नागरिकको सुरक्षाका लागि चार हजारभन्दा बढी प्रहरी परिचालित

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ — जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना प्रहरी परिचालन गर्ने भएको छ ।काठमाडौँ उपत्यकामा दसैँ, दिपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘दसैँ, दिपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन सुरक्षाका लागि दसैँमा परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना जनशक्ति खटिने छन् । ९१ स्थानमा पिकेट ड्युटी परिचालनका लागि तीन सय ६४ जना प्रहरी परिचालन गरिने छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस