फेरि सर्यो ‘अभिमन्यु’ को प्रदर्शन मिति, असोज २४ मा रिलिज

फेरि सर्यो ‘अभिमन्यु’ को प्रदर्शन मिति, असोज २४ मा रिलिज

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति पुनः सरेको छ । यही असोज १३ गते अर्थात् दशैंको फूलपातीबाट रिलिज हुने भनिएको चलचित्र, अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले आइतबार एक विज्ञप्ति जारी गर्दै चलचित्रको रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि, शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै ‘अभिमन्यु’ को नयाँ मिति तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा नेपालका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस