गीतकार नारायण खतिवडाको शब्द रचना, शिलाबहादुर मोक्तानको संगीत तथा कुन्ती मोक्तानको स्वर रहेको भजन गीत ‘खुशी’ सार्वजनिक गरिएको छ । नमस्ते नेपाल डिजिटल स्टूडियोबाट गीत सार्वजनिक भएको हो ।
खुशी हुन आफूले आत्मचिन्तन गर्नुपर्ने भाव गीतमा रहेको छ । त्यसको सजिलो बाटो भगवानप्रतिको चिन्तनले सम्भव हुने गीतले सन्देश दिएको छ ।










