‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबिचको सङ्घर्षको कथा हो : दयाहाङ राई

‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबिचको सङ्घर्षको कथा हो : दयाहाङ राई

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबिचको सङ्घर्षको कथा भएको बताएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले फिल्मले आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबिचको कथा भनेको बताए ।

‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुन् भने उनलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्र विजय बराल हुन् । मान्छेको भित्री रूप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ भनाउन र देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने उनी बताउँछन् ।

‘मान्छे जस्तो सुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो दयाहाङ भन्छन्, ‘यो चलचित्रमा यही कुरा छ । मेरो चरित्र पनि त्यही हो ।’

Share This Article

प्रतिक्रिया दिनुहोस