हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजको रमझममा छमछमी नचाउने नयाँ गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताको माया बटुल्न थालेको छ।

पुजन काफ्लेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा जिआर बानियाँको संगीत रहेको छ भने शब्द तथा स्वर पुजन काफ्लेकै रहेको छ। पुनम काफ्ले, यज्ञबहादुर काफ्ले र मैया देवी काफ्लेको निर्माणमा तयार भएको गीतलाई सन्तोष प्रगाढले एरेन्ज गरेका हुन्।

शिवन पोखरेलको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोमा विना राउतले आकर्षक नृत्य प्रस्तुत गरेकी छन्। भिडियोको कोरियोग्राफीमा दिपेश एसकेले सहयोग गरेका छन्।
गीतको भिडियोमा तीजको मौलिक रमझम, नाचगान र सांस्कृतिक वातावरणलाई सरल तथा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। तीजको उत्सवलाई केन्द्रमा राखेर तयार पारिएको गीतले नेपाली महिलाहरूको पर्वीय उत्साहलाई समेत उजागर गरेको छ।
दिपाल गिरीले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका हुन्। मौलिक शब्द, सरल प्रस्तुति र नृत्यमय भिडियोका कारण ‘तीजको लहर आउँदा बरिलै’ तीजको सांगीतिक माहोलमा दर्शक–श्रोताको रोजाइमा पर्न थालेको छ।









