सर्वसाधारणलाई मरनासन्न हुनेगरी कुट्ने चार ट्राफिक प्रहरी कारबाहीमा

सर्वसाधारणलाई मरनासन्न हुनेगरी कुट्ने चार ट्राफिक प्रहरी कारबाहीमा

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा चार ट्राफिक प्रहरी कारबाहीमा परेका छन्।

उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले बताए।

प्रवक्ता गिरीका अनुसार, घटना गत मंसिर ११ गते भएको थियो। कुटपिटको भिडियो बिहीबार बिहान सामाजिक सञ्जालमा भाइरल भएको छ।

भिडियोमा चार ट्राफिक प्रहरीले एक व्यक्तिलाई भुइँमा लडाएर बुटले कुटपिट गरेको र कागजपत्र भुइँमा फ्यालेर हिँडेको देखिन्छ।

हाल ती चारै जना प्रहरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिए।

हेर्नुहोस् भिडियो:-

Share This Article

प्रतिक्रिया दिनुहोस