काठमाडौं : ‘भोइस अफ नेपाल सिजन २’ बाट चर्चामा आएका गायक तथा सशस्त्र प्रहरी बलका ईन्स्पेक्टर पृथ्वी खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक भएको छ।
फरक शैलीका गीतहरू मार्फत आफ्नो छुट्टै पहिचान बनाएका खनालको शब्द तथा संगीतमा तयार भएको यस गीतमा भावनात्मक प्रस्तुति समेटिएको छ।
गीतमा ‘भोइस अफ नेपाल सिजन ६’ की सेमिफाइनलिस्ट गायिका इन्द्रकला राईको स्वर सुन्न सकिन्छ। उनलाई दृष्टिविहीन प्रतिभा विकास थारुले साथ दिएका छन्। गीतको संगीत संयोजन साहस शाक्यले गरेका छन्।
‘मन सानो’ को म्युजिक भिडियो लोकेन्द्र सुब्बाको निर्देशनमा तयार गरिएको हो। भिडियोमा रोश्नी कार्की र गायक खनाल स्वयंले अभिनय गरेका छन्।










