काठमाडौँ । दसैँको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तलीमाई’ शुक्रबार सार्वजनिक गरिएको छ ।समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको सङ्गीत, कुशल सिंहको एरेन्ज छ ।
गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, वर्षा राउत लगायत देखिएका छन् ।विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा कृष्ण बहादुर थापाको छायाङ्कन र नहकुल खड्काको सम्पादन छ ।










