‘कान्स’मा प्रदीप

‘कान्स’मा प्रदीप

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : अभिनेता प्रदीप खड्का विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी भएका छन्। फ्रान्समा आयोजना भइरहेको यो फिल्म फेस्टिभलमा प्रदीप चलचित्र ‘एक्लो’ लाई प्रतिनिधित्व गर्दै पुगेका हुन।

त्यहाँ उनले चलचित्रको प्रवर्द्धन गर्नेछन्। सँगसँगै उनी त्यहाँ कान्स कार्पेट र एक फ्रान्सेली चलचित्रको रेडकार्पेट प्रिमियरमा पनि सहभागी हुनेछन्।

कान्सको ७८औं संस्करणका लागि प्रदीप शनिबार राति नै फ्रान्स उडेका थिए। उनी अभिनित चलचित्र ‘एक्लो’ कान्स मार्केट (मार्चे दु फिल्म) मा सहभागी छ। यो चलचित्रका निर्देशक प्रदीप शाही र निर्माताहरू स्टल खडा गरेर कान्स मार्केटमा सहभागी भएका छन्।

यसबाहेक, थिएरी क्लिफा निर्देशित फ्रान्सेली भाषाको चलचित्र ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ को रेडकार्पेट र स्क्रिनिङमा पनि प्रदिप सहभागी हुनेछन्।

प्रदीपले त्यहाँ नेपालका छायांकन थलोको प्रवर्द्धन समेत गर्नेछन्। यसका लागि उनले चलचित्र विकास बोर्डले तयार पारेका ब्रोसर त्यहाँ सहभागीलाई वितरण गर्नेछन्।

Share This Article

प्रतिक्रिया दिनुहोस