जिग्री र पाँडे सम्बन्धमा चिसो

जिग्री र पाँडे सम्बन्धमा चिसो

खबर जुम
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

फिल्म ‘लाज शरणम्’ व्यावसायिक रुपमा फ्लप मात्रै भएन । अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको सम्बन्ध जोगाउन पनि फ्लप भएको छ ।
यही फिल्मका कारण जिग्री र पाँडेको सम्बन्धमा चिसो पसेको छ । व्यावसायिक र व्यक्तिगत असमझदारीले उनीहरुको सम्बन्ध बिग्रिएको चर्चा छ ।
सोहीकारण चलिरहेको टेलिसिरियल ‘सक्किगोनि’ प्रसारण बन्द भएको छ ।
जिग्री र पाँडेको सम्बन्ध यस्तै रहे यो सिरियल अब प्रसारणमा आउन निकै मुस्किल रहेको उनीहरु निकट बताउँछन् ।
त्यही भएर पाँडे फिल्म निर्देशनमा लागिसके । पाँडेको डेब्यू निर्देशनमा बन्ने फिल्म ‘झरीपछिको इन्द्रेणी’को छायाङ्कन बिहीबार सुरु भएको छ । यस फिल्ममा ‘सक्किगोनि’का कलाकार प्रियना आचार्य ‘मुन्नी’ मात्रै छिन् ।
फिल्म ‘लाज शरणम्’ जिग्री र पाँडेको सयुक्त ब्यानर ‘जेपीटी क्रिएसन’बाट बनेको थियो । यस फिल्मलाई ‘सक्किगोनि’ टिमले बनाएको भनेर प्रचार गरिएको थियो ।
पाँडेले ‘झरीपछिको इन्द्रेणी’ पशुपति शिवजी ब्यानरबाट बनाउने भएका छन् । अहिलेसम्म पाँडेको फिल्ममा जिग्री कुनै पनि जिम्मेवारीमा छैनन ।
यता जिग्री पनि अर्को फिल्म निर्देशनको तयारीमा रहेको बुझिएको छ । अर्थात्, पाँडे र जिग्रीले आ–आफ्नो बाटो रोजिसके ।
पाँडेको फिल्म ‘झरीपछिको बादलमा’ दीपाश्री निरौला, गणेश उप्रेती, निर्मल शर्मा, मुन्नी, रमेश उप्रेती लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।
यस फिल्ममा समावेश हुने एक गीतमा मेयर बालेन्द्र शाहको र्‍याप गीत रहने पाँडेले बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस