‘दोरुम्बा’ नाटक मञ्चन

‘दोरुम्बा’ नाटक मञ्चन

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। नेपालमा चलचित्रसम्बन्धी अध्ययन गराउने ‘अस्कर इन्टरनेसनल कलेज’ मा यही साउन १५ गतेदेखि नाटक ‘दोरुम्बा’ मञ्चन भइरहेको छ ।
माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षबीच पिसोलिएका जनताको कथालाई प्रस्तुत गरिएको यो नाटक साउन २४ गतेसम्म कलेजकै ‘साधना घर’ प्रेक्षालयमा देखाइने प्राज्ञिक संयोजक नवनिधि दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कलेजका विद्यार्थीहरूकै सहभागितामा हामीले नाटक तयार गरेका छौँ । विशेषगरी अभिनय विशिष्टीकरणका विद्यार्थीहरूको सहभागिता रहेको नाटकले शिक्षासँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गर्नेछ ।”
सुमनकुमार वाग्लेले लेख्नुभएको उक्त नाटकलाई युदीप सिटौलाले गर्नुहुनेछ । भविष्यमा पनि नाटक मञ्चनको क्रम निरन्तर जारी रहने संयोजक दाहालले जानकारी दिनुभयो ।
Share This Article

प्रतिक्रिया दिनुहोस