पशुपति शर्मा चढेको कार दुर्घटना

पशुपति शर्मा चढेको कार दुर्घटना

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको अनलाइनखबरलाई बताए ।

उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।

कारमा सवार ४ जनालाई ठूलो चोट नलागेको डीएसपी न्यौपानेले जनाए । गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ । कारमा सामान्य क्षति पुगेको छ ।

गायक शर्मा सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस