नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्योपचार तथा सहायता प्रदान

नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्योपचार तथा सहायता प्रदान

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली सेनाले जनै पूर्णिमाको मेलालाई लक्षित गरी विभिन्न स्थानहरूमा स्थापना गरेको स्वास्थ्य तथा सहायता शिविरबाट करिब ६ हजार २३३ जना भक्तजनहरूले स्वास्थ्योपचार सहायता प्राप्त गरेका छन् ।
बाजुरास्थित इश्वरीबक्स गुल्मबाट बडिमालीका मन्दिर जाने दुई स्थानमा डाक्टर अधिकृतसहितको टोलीले ८५८, बागलुङ ढोरपाटनस्थित दुर्गा भञ्जन गुल्मबाट ढोरबराह क्षेत्रमा ४१७, ओखलढुङ्गा जिल्लास्थित दुर्गाबक्स गणबाट सोलु दुधकुण्डमा ३५६, लमजुङ जिल्लास्थित चण्डी प्रसाद गणबाट दुधपोखरीमा १३०, रसुवा जिल्लास्थित श्रीनाथ गणबाट गोसाईंकुण्ड जाने विभिन्न आठ स्थानमा डाक्टर अधिकृत सहितको टोलीले ४१९० र भक्तपुर जिल्लास्थित रणशेर गणबाट डोलेश्वर महादेव मन्दिरमा २८२ जनाको प्राथमिक उपचार एवं सामान्य स्वास्थ्य परीक्षण गरेका छन् ।त्यसैगरी, जटिल स्वास्थ्य समस्या भएका तिर्थालुहरू दुधकुण्डबाट ४, गोसाईंकुण्डबाट ६, बडीमालिकाबाट ७ जनालाई स्ट्रेचरमार्फत उद्धार गर्नुकासाथै शरीरमा अक्सिजनको कमी भई गम्भीर बिरामी भएका ५ जनालाई ७ सिलिन्डर अक्सिजन प्रदान गरिएको थियो ।

साथै, बडिमालिका मन्दिरबाट त्रिवेणी पाटन जाने क्रममा मिति २०८२ श्रावण २२ र २३ गते त्रिवेणी(६, विष्णुपानीको भिरबाट लडेका वर्ष ५२ र ७५ का पुरुषको शव श्रावण २३ गते भीरबाट निकाली पोस्टमार्टम तथा परिवारलाई हस्तान्तरण गर्ने कार्यको लागि आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुर्‍याइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस