व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्छस् प्रधानमन्त्री ओली

व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्छस् प्रधानमन्त्री ओली

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

अनलाइनखबर डटकमद्वारा आज आयोजित ‘चालीस मुनिका चालीस’ युवालाई सम्मान कार्यक्रममा उहाँले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्रताका साथ सम्पन्नता हासिल गर्ने र मानवीय गुणवत्तामा पनि अग्रता लिने विश्वास व्यक्त गर्नुभयो ।

“युवाले आफ्नो रुचि र प्रतिभालाई चिन्न सक्नुपर्छ । सङ्घर्ष गर्नुपरे पनि हार नखाइकन काम गर्नुपर्छ । एकदिन सफलतामा पुगिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुनियाँमा मान्छेहरूले नयाँ नयाँ सुरुआत युवा अवस्थामै गरेका छन् । त्यसपछि क्रमशः आफ्नो क्षेत्रमा श्रेष्ठता हासिल गर्दै गएका छन् । सामाजिक जीवनका सबै क्षेत्रमा हामीलाई प्रतिभा चाहिन्छ । धेरै योग्य युवामध्येबाट छानिएका तपाईंहरूको भविष्य अझ ठूल्ठूला सफलता प्राप्तितर्फ अगाडि बढ्दै जाओस् ।”

प्रधानमन्त्री ओलीले प्राकृतिक रूपमा उर्बर र ज्ञानभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नभए पनि पछाडि पर्न गएकामा अब समृद्धिका लागि सबै मिलेर केही गर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “म केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । निराशाको बादल छाडेर उत्साह र आशामा लागेका युवाहरू छनोट गर्नु निकै कठिन काम हो । म तपाईंहरूलाई बधाई भन्न चाहान्छु । मेरो भनाइ यति हो, युवाले आफूभित्र घमण्ड पस्न दिनुहुँदैन । हरेक मान्छेले आफ्नो आचरण, महेनत र सम्भावनालाई पहिल्याउनुपर्छ ।”

Share This Article

प्रतिक्रिया दिनुहोस