काठमाडौं । बलिउडको बहुचर्चित फिल्म ‘सैयारा’ र हलिउडको बहुचर्चित ‘सुपरम्यान’ले ओटीटी रिलिजको घोषणा गरेका छन् । निर्माताले यी दुई फिल्म कहिले आउने भन्ने कुरा सार्वजनिक गरेका छन् ।
अहान पाण्डे र अनित पड्डा स्टारर यशराज फिल्म्सको रोमान्टिक ड्रामा ‘सैयारा’ले हलमा उछाल ल्याइसकेको छ । दर्शक यो फिल्मलाई ओटीटीमा हेर्न समेत अधैर्य छन् ।
निर्माताका अनुसार ‘सैयारा’ सेप्टेम्बर १२ मा नेट्फिल्क्समा रिलिज हुनेछ । मोहित सुरी निर्देशित यो फिल्मले नेपालका हलमा समेत उछाल कमाइ गरिसकेको छ ।
यसैबीच, हालै हलमा रिलिज भएको हलिउडको बहुचर्चित सुपरहिरो फिल्मको ओटीटी रिलिज डेट पनि घोषणा भएको छ ।










