नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पासहित टिमको उम्मेदवारी घोषणा

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पासहित टिमको उम्मेदवारी घोषणा

खबर जुम
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि फुर गेल्जे शेर्पाले आफ्नो पूर्ण टिमसहित उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आज यहाँ लाजिम्पाटमा रहेको होटल शङ्करमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदका उम्मेदवार शेर्पाले आफ्नो समूहको परिचय गराउनुभयो । उहाँले भन्नुभयो, “मैले हिमाललाई नजिकबाट चिनेको छु, पर्यटनको विकास र पर्यावरणको परिवर्तनलाई मैले नजिकबाट देखेको छु । त्यसकारण मैले यस क्षेत्रको समृद्धिमा गर्न सक्ने धेरै काम छन्, जसलाई हाम्रो समूहले पूर्णता दिनेछ । प्रत्येक वर्ष सुनिने हिमपहिराको घटना न्यूनीकरण गर्नुका साथै हामीले हाम्रो पर्यटकीयस्थलाई प्रवर्द्धन गर्नु दायित्व छ । हाम्रो पेसागत हकहितका लागि गर्नुपर्ने काम धेरै छन्, जसलाई क्रमबद्ध रूपमा पूरा गर्नुपर्ने छ ।”
अध्यक्ष पदका उम्मेदवार शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि उम्मेदवारी’ भन्ने मूल नारासहित कार्ययोजना सार्वजनिक गर्नुभयो । अध्यक्षका उम्मेदवार शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा ९स्पिडकाजी०, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा हुनहुन्छ । यसैगरी, सदस्य पदमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डङ्गोल, डोल्मा लामा र निशा भोटेले उम्मेदवारी दिनुभएको छ ।
उक्त समूहले नेपालको पर्वतीय पर्यटन र आरोहीहरूको हितलाई मुख्य प्राथमिकतामा राख्दै नेपालमै ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना गर्ने, आरोहीहरूको सुरक्षाका लागि आपतकालीन उद्धार कोष व्यवस्थित गर्ने र अन्तरराष्ट्रियस्तरको आरोहण तालिम केन्द्र विकास गर्ने जस्ता महत्त्वपूर्ण योजनाहरू अगाडि सारेका छन् ।
यी योजनाहरूले पोखरामा पर्यटकको बसाइ अवधि बढ्ने अपेक्षा गरिएको छ ।
Share This Article

प्रतिक्रिया दिनुहोस