तलेजुको पूजा गरेसँगै सम्पन्न भयो भक्तपुरको परम्परागत गाईजात्रा

तलेजुको पूजा गरेसँगै सम्पन्न भयो भक्तपुरको परम्परागत गाईजात्रा

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भक्तपुर। सात दिनसम्म विविध सांस्कृतिक प्रस्तुति र उत्सवमय वा तावरणबीच चलेको यसवर्षको गाईजात्रा पर्व आज सम्पन्न भएको छ। साउन २५ गते जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी सुरु भएको भक्तपुरको गाईजात्रा आज पुनः तलेजु पूजा सम्पन्नसँगै विधिवत् समापन गरिएको हो।

गाईजात्राको पहिलो दिन घरघर र टोलटोलबाट दिवङ्गत आत्माको सम्झनामा गाईजात्रा निकाली घिन्ताङघिसी नाचलगायतका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। त्यसयता सात दिनसम्म व्यङ्ग्यात्मक कार्यक्रम, लोकनृत्य र विभिन्न प्रस्तुति मार्फत पर्व निरन्तर मनाइयो। अन्तिम दिन आज घिन्ताङघिसी, हनुमान, माकप्याख, जङ्गली नाच, व्यङ्ग्यचित्र र प्ले कार्डसहितको जुलुसले सम्पूर्ण भक्तपुरलाई सांस्कृतिक उत्सवमा डुबाएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस