कमेडियन अर्याललाई धम्की

कमेडियन अर्याललाई धम्की

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । टेलिभिजन कमेडी शो कमेडी दरबारमा पछिल्लो एपिसोडको सामाग्रीलाई लिएर कमेडियन विकास अर्याललाई धम्की आएको छ ।
कमेडी दरबारका लेखक समेत रहेका अर्यालले पछिल्लो माग्ने राजा चलचित्रको एपिसोडमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नक्कल गर्दै प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिका विषयलाई लिएर बारबार धम्कीपूर्ण फोन आएको उनले बताए ।
’विभिन्न अपरिचित व्यक्तिहरूबाट फोन आइरहेको छ । आफ्नो परिचय खुलाउनुहुन्न तर भिडिओमा बोलिएका केही संवाद हटाउनुहोस् भन्नुहुन्छ ’ कमेडियन अर्यालले भने,मैले उहाँहरूलाई यो एक कमेडी कार्यक्रम हो र यसलाई कमेडिकै रूपमा लिनुहोस् भन्दै आग्रह गरिरहेको छु ।’

Share This Article

प्रतिक्रिया दिनुहोस