‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक (भिडिओ)

‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक (भिडिओ)

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दसैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक (बेला बितेसी)बोलको गीतमा प्रकाश सपुत र समीक्षा अधिकारीको स्वर छ। यसको भिडिओमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काको नृत्य हेर्न सकिन्छ।

रोमान्टिक शैलीको यस गीतको शब्द तथा संगीत प्रकाश स्वयंमको हो भने श्यामस्वेत रसाईलीले मिस्किङ र मास्टरिङ गरेका छन्।

मौलिक लोक भाकाको स्वाद पाइने गीतको भिडिओलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन्। भिडिओमा प्रकाश र स्वस्तिमाको मनमोहक नृत्य र रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। भिडिओलाई पवन सुस्लिङले खिचेका हुन्।

दीपेन्द्र के। खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ मा वरिष्ठ अभिनेता हरिवंश आचार्य ‘हरिबहादुर’ को शीर्ष भूमिकामा छन्। साथमा प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले यस फिल्मको निर्माण गरेका हुन्। फिल्मको छायांकन कृष्णबहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन्।

वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्मका गीतमा आशिष अविरल, समीक्षा अधिकारी, प्रकाश सपुत, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिनेछ।

Share This Article

प्रतिक्रिया दिनुहोस