कस्तो लाग्यो ‘पूर्णबहादुरको सारंगी’ निर्देशकको ‘कोशेढुंगा’ ट्रेलर ?

कस्तो लाग्यो ‘पूर्णबहादुरको सारंगी’ निर्देशकको ‘कोशेढुंगा’ ट्रेलर ?

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्र कोशेढुङ्गा’को ट्रेलर सार्वजनिक भएको छ। सम्बन्धको कथा बोल्ने ट्रेलरमा सुरक्षा पन्तलाई केन्द्रमा राखिएको छ । रमाइलो हिसाबले सुरुवात गरिएको ट्रेलरले दर्शकलाई अन्त्यमा भावुक बनाउनेछ। ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशकको निर्देशन र कलाकारको बलियो उपस्थितिका कारण पनि चलचित्रलाई प्रतिक्षित रुपमा हेरिएको छ

आर्थिक अभाव, दाम्पत्य जीवनका चुनौती, गाउँमै बसेर आत्मनिर्भर बन्न खोज्दा समाजले गर्ने व्यवहार आदि प्रस्तुत ट्रेलरको भावनात्मक पक्ष निकै अब्बल देखिएको छ।चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ । चलचित्रमा निर्देशक पौडेल, सुनिल निउरे र सुबलमणि सापकोटाको लेखन रहेको छ ।

नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माण गरेको चलचित्रका निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग र कार्यकारी निर्माता दिनेश खड्का हुन् । नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने जनाइएको चलचित्र भदौ १२ गतेबाट रिलिज हुँदैछ।

Share This Article

प्रतिक्रिया दिनुहोस