म्युजिक खबर कलाकारीता सम्मानबाट सञ्चारकर्मी विनिता कुँवर क्षेत्री सम्मानित

म्युजिक खबर कलाकारीता सम्मानबाट सञ्चारकर्मी विनिता कुँवर क्षेत्री सम्मानित

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं भदौ ६, स्पेस 4K टेलिभिजनकी सञ्चारकर्मी विनिता कुँवर क्षेत्रीलाई चौथो म्युजिक खबर तिज म्युजिक अवार्ड २०८२ को अवसरमा कलाकारीता सम्मान प्रदान गरिएको छ। उनलाई प्रतिनिधि सभा सदस्य माननीय रेखा यादवको हातबाट सम्मानित गरिएको हो।

क्षेत्री लामो समयदेखि रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यममा सक्रिय रहँदै आएकी छन्। उनले विशेषतः नेपाली कला क्षेत्रलाई आत्मसात गर्दै समयानुकूल टेलिभिजन तथा डिजिटल पत्रकारितामा कलम, माइक र क्यामेराको माध्यमबाट मुलुकको कला, संस्कृति संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन्। यही योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मानित गरिएको आयोजकले जनाएको छ।

अन्य सम्मानित व्यक्तित्वहरू:

  • वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई म्युजिक खबर विशिष्ट नारी सम्मान
  • लोकप्रिय अभिनेत्री दीपाश्री निरौला तथा वरिष्ठ गायिकाद्वय मञ्जु थापा र हरिमाया गुरुङलाई नारीरत्न सम्मान
  • राधिका अधिकारी, विनिता कुँवर क्षेत्री र सम्झना धमलालाई म्युजिक खबर कला सम्मान
  • सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे र करुणा श्रेष्ठलाई सौन्दर्यकर्मी सम्मान
  • मञ्जु सिंह र गंगा पन्थलाई सामाजिक सेवा सम्मान
  • मनुकुमारी पन्तलाई संगीत व्यवसायी सम्मान
  • पूजा क्षेत्रीलाई म्युजिक खबर गायन सम्मान प्रदान गरिएको थियो।

🎶 म्युजिक खबर तिज म्युजिक अवार्ड नेपाली सांगीतिक क्षेत्रको प्रवर्द्धन तथा कलाकारहरूको सम्मानका लागि आयोजित एक प्रतिष्ठित कार्यक्रम हो, जसमा विभिन्न विधामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिन्छ।

Share This Article

प्रतिक्रिया दिनुहोस