सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ’

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ’

खबर जुम
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय युवा सङ्घले आज यहाँ आयोजना गरेको तीज उत्सव कार्यक्रममा उहाँले हरेक उमेरमा आआफ्ना जिम्मेवारी र कर्तव्य हुने भएकाले सोहीअनुसार आफ्नो क्षेत्रमा रहेर काम गर्नुपर्ने बताउनुभयो ।
शाक्यले देशमा भएका सबै मानिसले राजनीतिक गर्न नहुने बताउनुभएको छ । “मलाई धेरै मानिसहरुले तपाई किन राजनीतिमा नआएको भनेर प्रश्न गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “देशमा भएका सबै मानिसले राजनीति गरेर हँुदैन । सबै मानिसको आफ्नो ठाउँ, रुची र क्षेत्र हुन्छ । नेपालमा किन हो कुन्नी १ सबैलाई राजनीतिक गर्न मन लाग्दो रहेछ ।”
प्रधानमन्त्री केपी शर्मा ओली पत्नी शाक्यले राजनीतिमा सफल भए मात्र सफल हुने र अरु क्षेत्रमा सफल भयो कि सफल होइन कि भन्ने हाम्रो समाज र मानसिकता रहेको टिप्पणी गर्नुभयो । उहाँले समाजमा फैलिएका नकारात्मक र अर्काले प्रगति गरेको देख्न नचाहने, इष्र्या र डाह गर्ने परम्परा रहेकाले त्यस्तो विकृतिलाई युवा सङ्घले तोड्नुपर्ने बताउनुभयो ।
प्रथम महिला शाक्यले हाल मानिससमा धैर्यता, अनुशासन र विवेकको धेरै ठूलो आवश्यकता रहेको औँल्याउनुभयो ।  उहाँले मुलुकको वर्तमान र भविष्य युवाको हातमा रहेको उल्लेख गर्दै भन्नुभयो, “तपाई राम्रो काममा लाग्नुभयो भने वर्तमान र भविष्य दुवै राम्रो हुन्छ । बरालिनु भयो भने वर्तमान र भविष्य दुवै राम्रो हँुदैन ।”
कार्यक्रममा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले मुलुकको भविष्य निर्माणमा युवाको महत्त्पूर्ण भूमिका रहेको भन्दै युवालाई सही मार्गमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
Share This Article

प्रतिक्रिया दिनुहोस