काठमाडौं। ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुम्नु भएको छ । सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उहाँहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।
पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, थर्ड रनरअप पूर्णिमा गुरुङ र फोर्थ रनरअप मुना घले बनिन् ।










