नेपाली एनिमेटेड फिल्म ‘जय लाखय्’ शनिबार प्रदर्शन हुँदैछ। करिब ८ वर्ष लगाएर तयार गरिएको यो फिल्म चाबहिलस्थित एफक्युब सिनेमामा मात्र एक दिनका लागि प्रदर्शन हुन लागेको हो।
यो फिल्म संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको नाटक ‘मजिपा लाखे’ मा आधारित छ। फिल्ममा कथा, संवाद र पटकथा जोशीकै छ। फिल्मका निर्देशक एवं एनिमेटर संयुक्त श्रेष्ठका अनुसार, सन् २०११ मा बेलायतको पासा पुचः गुठी र विश्व नेवाः संगठनले एक भेला आयोजना गरेका थिए।










