नेपाली चलचित्रबीच शाे खाेसाखाेस: भाेलि, रिलिज हुने `गुन्युचाेलाे´ले कति पायाे ?

नेपाली चलचित्रबीच शाे खाेसाखाेस: भाेलि, रिलिज हुने `गुन्युचाेलाे´ले कति पायाे ?

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । अभिनेता नाजिर हुसेन अभिनित चलचित्र ‘गुन्यु चोलो स्द ड्रेस’को प्रि–बुकिङसंगै शो बाँडफाट भएको छ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको शो निकाल्दै हलहरुले प्रि–बुकिङ ओपन गरेको हो।

चलचित्रले देशब्यापी ८४ शो पाएको छ। हलमा नेपाली चलचित्र धेरै भए तापनि गुन्यो चोलोु ले सन्तोषजनक शो पाएको हो । अहिले हलमा गत हप्ता प्रदर्शनमा आएका तिन चलचित्रहरु ‘मोहर’, ‘जनै हराएको मान्छे’ र ‘माग्ने राजा’ सहित आजैबाट प्रदर्शनमा आएको ‘कोशेढुंगा’ लागिरहेको छ। सबै चलचित्रलाई शो दिनुपरेकाले ‘गुन्यु चोलो स् द ड्रेस’ को भागमा सिमित शो परेको हो । तर, पनि चलचित्रले पाएको शोलाई लिएर निर्माण टिम सन्तुष्ट छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै पहिलो दिनको लागी यो चलचित्रलाई १४ शो दिएको छ । त्यस्तै, यो चलचित्रलाई आइ।एन।आई सिनेमाजले ८ शो, वान सिनेमाले ४ शो, एफ।क्युबले २ शो र बिग मुभिजले २ शो दिएको छ। चलचित्रलाई अन्य चेनहरुले पनि सुखद शो दिएका छन् । दर्शक बढे हलहरूले शो बढाउनेछन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस