‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गर्नु भएको छ । आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि हात पार्नु भएको हो । उहाँलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिनुभयो ।
प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता, सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता हुनुभयो ।
‘द हिडन ट्रेजर’ले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न सहरमा आयोजना गरिएका  ‘अडिसन’मार्फत २६ जना प्रतिस्पर्धी चयन भएको जनाइएको छ ।
Share This Article

प्रतिक्रिया दिनुहोस