प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच अनौपचारिक भेट

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच अनौपचारिक भेट

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

थियानजिन (चीन), प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उहाँहरूबीच अनौपचारिक कुराकानी भएको हो ।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्बिर समकक्षी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्नुभएको छ । उहाँले थियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।
नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गर्नुभएको छ ।
Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय