खेल क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशीला होः अध्यक्ष दाहाल

खेल क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशीला होः अध्यक्ष दाहाल

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधारशीला भएको उल्लेख गर्नुभएको छ ।

कीर्तिपुरमा आज आयोजित अखिल नेपाल खेलकुद महासङ्घको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्रपछि खेल क्षेत्रमा उल्लेखनीय सुधार भएको र यसको संस्थागत विकासका लागि आफूले विशेष पहल गरेको स्मरण गराउनुभयो ।

उहाँले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा नै गाउँदेखि केन्द्रसम्म खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी हजारौँ खेलाडी उत्पादन गर्ने वातावरण निर्माण गरिएको बताउनुभयो ।

अध्यक्ष दाहालले अघिल्लो शासन प्रणालीमा खेलकुद क्षेत्रलाई निरङ्कुशता र पञ्चायती व्यवस्थाको संरक्षणका लागि प्रयोग गरिएको भए पनि गणतन्त्रको स्थापनापछि यस क्षेत्रलाई सभ्य समाज, राष्ट्रिय एकता र अन्तरराष्ट्रिय भाइचाराका लागि उपयोग गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले नेपाली खेलाडीले अन्तरराष्ट्रियस्तरमा विभिन्न पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा विश्वमाझ उजागर गरेका उदाहरण प्रस्तुत गर्दै राज्यले यदि खेलकुद क्षेत्रलाई अझ बढी प्राथमिकता दिएमा उल्लेखनीय गुणात्मक प्रगति सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनको सफलताको शुभकामना दिँदै अध्यक्ष दाहालले अखिल नेपाल खेलकुद महासङ्घ र माओवादी केन्द्रले खेल क्षेत्रलाई थप सशक्त बनाउन अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले माओवादी नेतृत्वमा मात्र खेल क्षेत्रमा सुधार सम्भव भएको समेत उल्लेख गर्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय