‘राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य छ’

‘राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य छ’

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य रहेको बताउनुभएको छ ।
गोरखाको पालुङटार नगरपालिका–८ स्थित धुवाकोटमा आज नेवा समाजले आयोजना गरेको लाखेनाच प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले संविधान संशोधन, सुशासन र राजनीतिक शुद्धिकरणले मात्र राजनीतिक स्थिरता कायम हुने धारणा राख्नुभयो ।
“पछिल्लो राजनीतिक परिवर्तनले लोकतान्त्रिक गणतन्त्र स्थापन भए पनि जनताले अपेक्षा गरेअनुसार अझै जीवनस्तर फेर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “देशलाई स्थिर दिशामा अगाडि बढाउन संविधान संशोधन, सुशासन र राजनीतिक शुद्धिकरण अपरिहार्य छ ।”
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष श्रेष्ठले अहिले देशको मुख्य राष्ट्रिय कार्यभार जनताको जीवनस्तर उकास्ने गरी विकास र सम्वृद्धिको काम अघि बढाउनु रहेको उल्लेख गर्नुभयो ।
“राजनीतिक परिवर्तन, परिवर्तनका लागि मात्र होइन, जनताको जीवन फेर्ने साधन बन्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपाली जनताले छ दशकभन्दा लामो सङ्घर्ष, जनआन्दोलन, जनयुद्धलगायत माध्यमबाट प्राप्त लोकतन्त्रलाई बलियो बनाउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा अघि बढ्नुको विकल्प छैन ।”
उपाध्यक्ष श्रेष्ठले विकास र समृद्धिमा फड्को मार्दै हरेक नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता, पूर्वाधार निर्माणलगायत आधारभूत विकासका आवश्यकतालाई सुनिश्चित गर्नेतर्फ राज्यले ठोस् कदम चाल्नुपर्नेमा जोड दिनुभयो । सामाजिक एकताले मात्र राष्ट्रिय एकतालाई बलियो बनाउने बताउँदै उहाँले सबैको पहिचान र सबैको भाषा, संस्कृतिको संरक्षण र सम्वर्द्धनले जीवन्त समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय