काठमाडौँ- गायक दुर्गेश थापाले आफ्नो ‘यूके टूर’ बीचमै रोकेको घोषणा गरेका छन्। उनले फेसबुकमा लामो स्टाटस लेख्दै देशमा भइरहेको जेनजी पुस्ताको आन्दोलनमा सहभागी हुन आफू नेपाल आउँदै गरेको उनले जानकारी दिएका छन्।
भावुक हुँदै उनले मृत्युको खबर, अस्पतालको सैयामा लडिरहेका आफ्ना सपना जस्तै सपुतहरूको करुण तस्वीरले आफूले सांगीतिक यात्रा विसर्जन गरेको बताएका छन्। ‘यस्तो अवस्थामा मेरो सम्पूर्ण सांगीतिक यात्रा यही विसर्जन गर्ने निर्णयमा पुगेको छु,’ उनले लेखेका छन्, ‘एक कलाकार मात्र भएर होइन, एक नेपाली भएर मेरो आत्माले, मेरो नैतिकताले मलाई रमाइलो गर्न दिएन।’










