विषम परिस्थितिमा धैर्यता र संयमता अपनाउन एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आग्रह

विषम परिस्थितिमा धैर्यता र संयमता अपनाउन एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आग्रह

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेता तथा कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा लेख्दै सामाजिक सद्ध्भाव र अमनचयनका लागि सबैको पहल प्रयत्न आवश्यक भएको उल्लेख गर्नुभएको छ ।

“जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु”, उहाँले लेख्नुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पत्तिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा तथा भत्सर्ना गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस