संविधान र गणतन्त्र रक्षाको माग गर्दै युवा सडकमा

संविधान र गणतन्त्र रक्षाको माग गर्दै युवा सडकमा

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। संविधान एवं लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रक्षाको माग गर्दै युवा विद्यार्थीले आज चाबहिल चोकमा प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस निकटको नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घमा आबद्ध युवाहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । भ्रष्टाचार र बेथितिविरुद्ध जेएनजीले उठाएका मुद्दा सकारात्मक रहेको भन्दै युवा विद्यार्थीले संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प खोजे सह्य नहुने बताएका हुन् ।
त्यस अवसरमा उनीहरुले कुनै पनि नाममा एकतन्त्रीय, निरङ्कुश र अधिनायकवादी शासन व्यवस्था स्वीकार गर्न नसकिने भन्दै खबरदारी गरे ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि आफूहरुले पनि रगत र पसिना बगाएको उल्लेख गर्दै उनीहरुले ‘वि वान्ट डेमोक्रेसी’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘संविधान मास्न पाइँदैन’, ‘जनताको जीउ ज्यानको रक्षा गर’, ‘शान्ति सुरक्षा कायम गर’ जस्ता नारा लगाएका थिए ।
Share This Article

प्रतिक्रिया दिनुहोस