लुटपाट गरिएका सामग्री सात दिनभित्र फिर्ता गर्न प्रशासनको आग्रह

लुटपाट गरिएका सामग्री सात दिनभित्र फिर्ता गर्न प्रशासनको आग्रह

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सिरहा। जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी गरिएका सामग्री सात दिनभित्र फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।
प्रशासनले आज सो सूचना जारी गर्दै आन्दोलनको दौरानमा सरकारी कार्यालय र प्रतिष्ठानहरू तोडफोड, आगजनी गरी खाद्यान्न, जिन्सी, नगदलगायतका सामग्री चोरी तथा लुटपाट गरिएको उल्लेख गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर, भिडियो र सिसिटिभी फुटेजमार्फत ती घटनामा संलग्न व्यक्ति पहिचान भएको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा भनिएको छ, “यस्ता कार्यहरू कानूनविपरीत छन् । सार्वजनिक सम्पत्तिको सुरक्षामा नागरिकको पनि दायित्व हुन्छ । यसकारण लुटपाट तथा चोरी गरिएका सम्पत्ति आजदेखि सात दिनभित्र स्वेच्छिक रूपमा प्रशासनमा फिर्ता गर्न अनुरोध छ ।”
प्रशासनले तोकिएको समयमा सामग्री नफर्काउनेलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय