राम्रो आम्दानी गर्दैछ ‘बाघी–४’

राम्रो आम्दानी गर्दैछ ‘बाघी–४’

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बलिउड चलचित्र ‘बाघी-४’ ले राम्रो कमाई गरेको छ। भारत, नेपालका सिनेमा हलमा प्रदर्शन भइरहेको यो चलचित्रले उल्लेख्य दर्शकको साथ पाएको छ । चलचित्र सेप्टेम्बर ५ देखि प्रदर्शनमा आएको हो ।

अघिल्लो वर्ष चलचित्र ‘बाघी’ को अन्य च्याप्टरको प्रदर्शन उच्च रहेका कारण यसको च्याप्टर ४ सम्म पुगेको हो ।

निर्माता सब्बिर खानको चलचित्र ‘हिरोपन्ती’ बाट डेब्यु गरेका अभिनेता टाइगर श्राफको मुख्य भूमिका यो फिल्ममा छ।

यो चलचित्र लभ स्टोरी र एक्सनमा आधारित हो ।

टाइगरले सामाजिक सञ्जालमा बाघी-४ को व्यापार सार्वजनिक गरेका छन्। चलचित्रले विश्व भर अहिलेसम्म ८९ करोडको व्यापार गरेको छ। टाइगरले आफ्नो पोस्टमार्फत सम्पूर्ण दर्शकलाई धन्यवाद दिएका छन् ।

चलचित्रमा टाइगर श्राफ, संजय दत्त, हरनाज सन्धु, सोनम बज्वा जस्ता कलाकारको अभिनय छ। यसको निर्माता र पटकथा साजिद नाडियाडवाला हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस