काठमाडाैँ। नेपालले साफ यु–१७ पुरुष च्याम्पियनसिपमा विजयी सुरुआत गरेकाे छ।
साेमबार सम्पन्न खेलमा नेपालले घरेलु टाेली श्रीलंकालाई २–० ले पराजित गरेकाे हाे।
नेपालकाे जितमा समीरले दुवै गाेल गरे। पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे। समीरले खेलकाे ५२ र अतिरिक्त समयकाे तेस्राे मिनेटमा गाेल गर्दै नेपालकाे पक्का गरेका हुन्।
जितसँगै नेपालले पहिलाे खेलमै तीन अंक जाेडेकाे छ।










