हर्कलाई बालेनको जवाफ: ‘एकतर्फी नै सही तर मेरो माया साँचो छ’

हर्कलाई बालेनको जवाफ: ‘एकतर्फी नै सही तर मेरो माया साँचो छ’

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

‘एकतर्फी नै सही तर मेरो माया साँचो छ,’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मंगलबार दिउँसो सामाजिक सञ्जालमा पोस्ट गर्दै यसरी मायाभाव प्रस्तुत गरे ।

पछिल्लो समय हर्क आफूदेखि आक्रोशित रहेका बुझेका बालेनले लेखेका छन्, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रु लभ ।”

बालेनको यो पोस्ट अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ । ‘जेनजी’को प्रदर्शनपछि आफ्नो पक्षमा नबोलेको भन्दै रिसाएका हर्क केही दिनयता बालेनमाथि निरन्तर खनिएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस