दुई चलचित्रको प्रचारमा समय दिएनन् प्रकाशले

दुई चलचित्रको प्रचारमा समय दिएनन् प्रकाशले

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । पछिल्लो समय चलचित्र अभिनयमा व्यस्त रहेपछि गायक प्रकाश सपुत पहिला जस्तो गायनमा सक्रिय छैनन् । अहिले उनलाई चलचित्रमा अभिनय गर्न नै भ्याई नभ्याईको अवस्था छ । उनी अहिले यतिसम्म व्यस्त छन् की, यही दसैँको अवसर पारेर फूलपातीमा रिलिज हुने आफ्नो दुई वटा चलचित्रको प्रचार प्रसारमा समेत समय दिन नभ्याउने अवस्थामा पुगेका छन् ।

यति बेला अभिनेता प्रकाश म्याग्दीमा छन् । आफ्नो नयाँ चलचित्र ‘परालको आगो’को छायांकनको लागि उनी म्याग्दी पुगेका हुन् । उनी अब दसैँ अघिसम्म म्याग्दीमै यो चलचित्रको छायांकनमा व्यस्त रहने छन् । चलचित्र ‘परालको आगो’को छायांकन गरेर उनी दसैँ अघि नै आफ्नो सांगीतिक प्रस्तुतिका लागि विदेश जाने भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस