पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन

पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गण्डकी।‘जेनजी’ आन्दोलनमा दिवङ्गत भएकाहरूको सम्झनामा आज साँझ पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।
पोखरा बजारका चिप्लेढुङ्गा, पृथ्वीचोक, बिरौटा, तल्लो गगनगौँडालगायतका मुख्य चोक, बजार क्षेत्रसहित विभिन्न टोलमा सर्वसाधारणले दीप प्रज्वलन गर्दै जेनजी आन्दोलनका क्रममा उठाइएका जायज मागको सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगाँैडा चोकमा स्थानीयवासीले सामूहिक रुपमा दीप प्रज्वलन गरेको नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका–३२ का निवर्तमान सभापति किसान परियारले जानकारी दिनुुभयो ।
Share This Article

प्रतिक्रिया दिनुहोस